Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारले ल्याएको अध्यादेशको विरोधमा अनेरास्ववियुद्धारा प्रदर्शन

    सरकारले ल्याएको अध्यादेशको विरोधमा अनेरास्ववियुद्धारा प्रदर्शन

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिन अध्यादेश ल्याएको भन्दै एमालेनिकट अनेरास्ववियुका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

    आज बिहान त्रिचन्द्र कलेज गेट अगाडि ब्यानर, पर्चासहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी,मोहमद आलम लगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै विरोधप्रदर्शन गरे ।



    उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा मागेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको हो ।



    सरकारले रेशम चौधरी लगायतका फौजदारी अभियोगको सजाय पाएका अभियुक्तहरुलाई रिहा गर्न अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार