Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोल्डेन बुटको दौडमा एम्बाप्पे अगाडि, पछ्याउँदै मेसी र जिरुड

काठमाडौं । कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भइसकेको छ। फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया एवं साविक विजेता फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुँदैछ।

‘गोल्डेन बुट’ विश्वकप फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड हो। विश्वकप फुटबल प्रतियोगिता समापनतर्फ लम्किँदा ‘गोल्डेन बुट’ अवार्ड कसले जित्लान् भन्ने चासो पनि चुलिएको छ।

यस पटक ‘गोल्डेन बुट’को दौडमा फ्रेन्च फरवार्ड काइलिन एमबाप्पे सबैभन्दा अगाडि छन्। एमबाप्पेले अहिलेसम्म पाँच गोल गरिसकेका छन्। उनले समूह ‘डी’को अस्ट्रेलियाविरुद्धको पहिलो खेलमै गोलको खाता खोलेका थिए।

डेनमार्कलाई २–१ ले हराएको दोस्रो खेलमा दुवै गोल एमबाप्पेले गरेका थिए। यस्तै पोल्यान्डविरुद्धको अन्तिम १६ को खेलमा पनि एमबाप्पेले दुई गोल गरेका थिए।

उनलाई आफ्नै देशका ओलिभर जिरुड र अर्जेन्टिनाका कप्तान लियोनल मेसीले चार÷चार गोलसहित पछ्याइरहेका छन्।

यसैगरी समूह चरणमा साउदी अरेबियाविरुद्धको खेलमा पेनाल्टीमार्फत गोलको खाता खोलेका मेसीले मेक्सिकोविरुद्धको खेलमा दोस्रो गोल गरेका थिए।

यसैगरी अस्ट्रेलियाविरुद्धको एक हजारौं खेलमा पनि मेसीले उत्कृष्ट गोल गरेका थिए। यस्तै नेदरल्यान्ड्सविरुद्धको क्वार्टरफाइनल भिडन्तमा उनले पेनाल्टीमै गोल गरेका थिए।

एमबाप्पे, जिरुड र मेसीलाई पोर्चुगलका गोन्कालो रामोस, स्पेनका अल्भारो मोराटा, इङ्ल्यान्डका मार्कस रासफोर्ड, इक्वेडरका इनर भ्यालेन्सिया, इङ्ल्यान्डकै बुकायो साका, ब्राजिलका रिचार्लिसन, नेदरल्यान्ड्का कोडी गाक्पोले तीनरतीन गोलका साथ पछ्याइरहेका छन्।

तीन गोल गरेका सबै खेलाडीको टोली विश्वकपबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’का लागि एमबाप्पे, जिरुड र मेसीबीच नै प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077