Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

देवरको परिवारले कुटपिट गर्दा भाउजूको मृत्यु, एक जना पक्राउ

काठमाडौं । सर्लाहीको चक्रघट्टमा कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ । सोमबार चक्रघट्ट गाउँपालिका– २ भेल्ही निवासी अन्दाजी ७० वर्षकी सागर देवीको आफ्नै देवरको परिवारको कुटपिटबाट ज्यान गएको हो।

जग्गाको विषयमा भएको विवादमा सागर देवीमाथि देवर ६५ वर्षका पुकार राय, उनका छोरा ४० वर्षका जितु भनिने जितेन्द्र राय र बुहारी ३० वर्षकी अनितादेवी रायले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटनाको सूचना पाएको प्रहरी टोलीले घटनास्थलबाट मुचुल्का तयार गरेर वृद्धाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याएको छ।

घटनामा संलग्नमध्ये देवर पुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ। आरोपित जितेन्द्र र अनिता फरार रहेका छन्।

फरार दुवैको खोजी भइरहेको र घटनाको विषयमा समेत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077