Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सप्तरीबाट युरियाको कालोबजारी गर्ने एक जना पक्राउ

सप्तरी । मल खाद युरियाको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सप्तरीको राजविराज नगरपालिका-१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मूल्य भन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कालोबजारी भइरहेको सूचनाको जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला पारेको थियो ।

उनीमाथि जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077