Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नयाँ पार्टी खोल्ने प्रभु साहको तयारी

    नयाँ पार्टी खोल्ने प्रभु साहको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २७ मंसिर २०७९
  • 981
    SHARES

    काठमाडौं । मंसिर ४ को निर्वाचनमा नेकपा एमाले त्याग्दै स्वतन्त्रबाट रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा विजयी भएका प्रभु साहले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् ।

    केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटेका साहले नयाँ पार्टी खोल्न संवाद थालेका हुन् । उनको पार्टीको प्रस्तावित नाम आम जनता पार्टी छ । यद्यपि अरु नाममा पनि छलफल हुन सक्ने बताइएको छ ।



    आफूलाई सघाएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि वार्ता गरेका उनले नयाँ पार्टीको नामबारे छलफल गरिरहेका छन्।



    पार्टीको टिकट त्यागेर धोका दिएपछि साहलाई एमालेले कारबाही गरिसकेको छ । यस्तै नयाँ पार्टी खोल्नेबारे साह र सर्लाही क्षेत्र नम्बर ४ बाट विजयी डा. अमरेश सिंहबीच पनि कुराकानी भएको छ । सिंहलाई पनि निर्वाचनअघि नै कांग्रेसले कारवाही गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार