Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्जुननरसिंह केसी र माधव नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ ।

आज नेपाल निवास कोटेश्वरमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा निर्वाचनको समीक्षा गरिएको केसीको सचिवालयले जनाएको छ ।

उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको छ । भेटमा राष्ट्रिय राजनीतिबारे पनि महत्त्वपूर्ण कुराकानी भएको बताइएको छ ।

केसी मंसिर ४ को निर्वाचनबाट नुवाकोट–२ बाट निर्वाचित सांसद हुन् । गत आइतबार एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका केसीले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077