Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिफा विश्वकप २०२२

    क्रोएसियामाथि शानदार जित निकाल्दै ८ वर्षपछि अर्जेन्टिना फाइनलमा

    क्रोएसियामाथि शानदार जित निकाल्दै ८ वर्षपछि अर्जेन्टिना फाइनलमा

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 798
    SHARES

    काठमाडौं । साबिक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा पुगेको छ । कतारस्थित लुसैल स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० को जित हात पारेको हो ।

    यो जितसँगै अर्जेन्टिना आठ वर्षपछि विश्वकपको फाइनलमा पुगेको छ । आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनलमा पुगेर अर्जेन्टिना जर्मनीसँग पराजित हुँदा उपविजेता बनेको थियो ।



    गएराति भएको खेलको ३४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कप्तान लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । क्रोएसियन गोलकिपर डोमिनिक लिभाकोभिचले जुलियन अल्भारेजमाथि फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो।



    त्यसको ५ मिनेट नबित्दै अल्भारेजले गरेको गोलसँगै अर्जेन्टिनाले पहिलो हाफमा २-० को अग्रता लिएको थियो। दोस्रो हाफमा मेसीले बाइ लाइन नजिकबाट दिएको पासलाई ६ यार्ड बक्स भित्र अन्मार्क्ड रहेका अल्भारेजले गोलमा परिणत गर्दै अर्जेन्टिनाका लागि ३-० को जित सुनिश्चित गरे।

    अर्जेन्टिनाले फाइनलमा उपाधिका लागि फ्रान्स र मोरक्कोबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ। दुई पटकको विश्वविजेता अर्जेन्टिना पछिल्लोपटक २०१४ मा फाइनलमा पुगेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार