Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दै

काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज साविक विजेता फ्रान्स र मोरक्को खेल्दै छन् ।

कतारमा जारी फिफा विश्वकप फुटबलमा फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल अल बायत स्टेडियममा हुनेछ। यो खेल बुधबार राति १२ः४५ बजे सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। गएराति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

फ्रान्स साविक विजेता हो भने मोरोक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको देश हो । मोरोक्को नयाँ इतिहास बनाउँन चाहन्छ । मोरक्कोलाई सेमिफाइनलमा रोक्दै फ्रान्स पुनः उपाधि जित्ने लक्ष्यमा छ ।

फ्रान्स १६ पटक विश्वकपमा सहभागी भएको छ। फ्रान्स र मोरक्को विश्वकपमा भने पहिलोपटक भिड्न लागेका हुन्। तर मैत्रीपूर्ण र अन्य प्रतियोगितामा गरी ७ पटक प्रतिस्पर्धा गरेका छन्।

जसमा ४ खेल बराबरीमा सकिएका छन् । बाँकी ३ खेलमा फ्रान्स विजयी भएको छ। मोरक्कोले फ्रान्सलाई हराउन सकेको छैन। फ्रान्सले १३ गोल गरेको छ भने ७ गोल मात्रै खाएको छ ।

मोरक्को आक्रमणमा भन्दा रक्षात्मकमा अब्बल देखिएको छ भने मोरक्कोको भन्दा फ्रान्सको खेल शैली फरक छ। आक्रमणमा जति शक्तिशाली देखिएको छ फ्रान्स रक्षात्मक हिसाबले तुलनात्मक रुपमा कमजोर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077