Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमालेले पनि समानुपातिकतर्फको त्रुटि सच्यायो

काठमाडौं । नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश १ र मधेस प्रदेशको उम्मेदवार छनोट गर्ने निर्णय गर्दा गरेको त्रुटि सच्याएको छ ।

निर्वाचन आयोगको दोस्रो पत्र अनुसार एमालेले त्रुटि सच्याएको हो । एमालेलाई त्रुटि सच्याउन आयोगले गरेको आग्रहमा पुनः त्यही सूची नै पठाएपछि हिजो आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न सकेन ।

एमालेले प्रदेश १ को अल्पसङ्ख्यकतर्फ लहरूमाया जिमी (याक्खा) नामको सट्टा अघिल्लो क्रममा रहेको समावेशी समूहभित्र अल्पसङ्ख्यकको प्राथमिकता क्रम सङ्ख्या ८ को यशोदा कायस्थको नाम कायम गर्न आग्रह गरेको छ ।

त्यसैगरी मधेस प्रदेशतर्फ शीला यादवको सट्टामा राजपतिदेवी जैसवाल र नाजिमा खातुनको सट्टामा जैनव खातुनको नाम कायम गरिदिन एमालेले आयोगलाई आग्रह गरेको छ । योसँगै मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावको अन्तिम नतिजा आज सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077