Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप ‘गोल्डेन बुट’को दौडमा शीर्ष स्थानमा मेसी

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन बुट दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेसी शीर्ष स्थानमा उक्लिएका छन् ।

गएराति सम्पन्न क्वार्टरफाइनल खेलमा क्रोएसियाविरुद्ध एक गोल गरेसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् । जारी विश्वकपमा मेस्सीले ६ म्याच खेल्दा ५ गोल गरेका छन् ।

उनले साउदी अरेबिया, मेक्सिको, नेदरल्याण्ड्स र क्रोएसियाविरुद्ध एक-एक गोल गरेका छन् । मेस्सीले पोल्याण्डविरुद्ध मात्र गोल गर्न सकेनन् । त्यस्तै, उनले तीन गोलका लागि असिस्ट गरेका छन् ।

शानदार लयमा रहेका लियोनल मेसी चार खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । जारी विश्वकपमा फ्रान्सका स्टार केलिएन एमबाप्पेले पनि ५ गोल नै गरेका छन् । तर, उनी असिस्ट गर्ने मामलामा पछि छन् ।

एमबाप्पेले ५ खेलमा ५ गोल गर्दा दुई असिस्ट गरेका छन् । जारी विश्वकपमा गोल्डेन बुट दौडको तेस्रो स्थानमा फ्रान्सका कप्तान ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेज छन् ।

यी दुवै खेलाडीले तीनरतीन गोल गरेका छन् । विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट दिने प्रचलन छ ।

यसपटक यो अवार्डका लागि मेस्सी, एमबाप्पे, जिरुड र अल्भारेज मात्र प्रतिस्पर्धामा छन् । उनीहरूलाई पछ्याइरहेका खेलाडीको टिम विश्वकपबाट बाहिरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077