Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

हरर फिल्म 'चि मुसी चि'को संवादविहीन टिजर सार्वजनिक

काठमाडौं । हरर थ्रिलर सिनेमा ‘चिँ मुसी चिँ इभन डेड डिजायर बिलोङ्गिङ’को अफिसियल टिजर रिलिज भएको छ।

संवादविहीन १ मिनेट २३ सेकेन्डको टिजरमा कलाकारको मुभमेन्ट र पार्श्व संगीतले दर्शकमाझ कौतूहल, डर र उत्सुक्ता पैदा गर्न सफल छ।

सार्वजनिक टिजरमा मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई स्थान दिइएको छ।

फिल्मले नेपालमा हरर थ्रिलर फिल्मको ट्रेन्ड स्थापित गर्ने निर्माता चक्रवर्तीको विश्वास छ।

यो फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन्। सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रवर्ती लगानी गरेका हुन्।

https://youtu.be/7DL0tcH-GyQ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077