Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दक्षिण कोरियामा एकै दिन थपिए ८४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    दक्षिण कोरियामा एकै दिन थपिए ८४ हजारभन्दा बढी कोरोना सङ्क्रमित

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 696
    SHARES

    फाइल् तस्विर

    सोल । दक्षिण कोरियामा एकै दिनमा ८४ हजारभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । गएरातिको तथ्याङ्कमा यतिधेरै सङ्क्रमित भेटिएको देखिएको छ ।

    यो समेतगरी यहाँ दुई करोड ७९ लाख भन्दा बढी सङ्क्रमित पाइएका यहाँका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।



    पछिल्लो २४ घण्टामा यहाँ ४६ जनाको यो सङ्क्रमणबाट ज्यान गएको छ । यो समेतगरी यहाँ ३१ हजार जनाभन्दा बढीको कोभिडबाट ज्यान गएको छ ।



    यहाँ केही दिनयतादेखि दैनिक कम्तीमा पनि ८० हजार जना सङ्क्रमित पाइएका पनि अधिकारीले जनाएका छन् । तर यो अघिल्लो दिनको ८६ हजार आठ सय ५२ जना सङ्क्रमितको तुलनामा भने केही कम हो ।

    दक्षिण कोरियामा यो जाडो मौसममा पनि कोरोना भाइरसका सङ्क्रमितहरुमा उल्लेख्य मात्रामा कमी आाउन सकेको छैन । यहाँ अघिल्लो हप्ताभरि औसतमा ६३ हजार जना दैनिक सक्रमित देखिने गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार