Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुन मिश्रित कपडासहित दुईजना भारतीय नागरिक पक्राउ

काठमाडौं । कपडामा लुकाएर सुनको डल्लो भारत पुर्‍याउन खोज्ने दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित सिराज कुन्नपिल्ली मोइडिन र फैसल कोट्टाकुडुइललाई पक्राउ गरेको हो ।

इन्डियन एअरको उडानमार्फत् उनीहरू भारत जान लागेका थिए।

लजेगहरु जाँच गर्ने क्रममा कपडाभित्र लुकाएर सुन राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोइदिनको ५ थान फूलबुट्टे कपडाहरू गलाएपछि ७४.७५० ग्राम सुन फेला परेको छ भने अबुबाट ७३.८९० ग्राम सुन फेला परेको छ ।

उनीहरुलाई थप कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077