Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गभर्नर अधिकारी भन्छन् - पुसमा बजारमा तरलताको अभाव झनै बढ्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताएका छन् ।

बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

उनले बजारमा अहिले तरलतामा केही सहज भइरहे पनि पुस महिनामा भने तरलतामा चुनौती आउने बताए । तरलताको चुनौतीलाई समाधान कसरी गर्ने भन्ने बारेमा राष्ट्र बैंक लागिपरेको उनको भनाइ छ ।

गभर्नर अधिकारीले गएको आर्थिक वर्षमा राष्ट्र बैंकले तरलता सहजताका लागि ९७ खर्ब रुपैयाँ बजरमा पठाएको बताए । राष्ट्र बैंकले आवश्यक कामहरू गरिरहे पनि अझै बजारमा सहजता भने भइनसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077