Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेता अर्जुननरसिंह केसी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, नयाँ सरकार गठनबारे छलफल

काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ ।

बुधवार साँझ बालुवाटारमा उनीहरुबीभ भेटवार्ता भएको हो । भेटमा दुई नेताबीच बधाई साटासाट भएको केसीको सचिवालयले जनाएको छ ।

यस्तै भेटका क्रममा नयाँ सरकार गठन, निर्वाचन परिणामको समीक्षा र नुवाकोटमा अधुरा रहेका विकासका बारेमा पनि छलफल भएको बताइएको छ ।

यस्तै भेटमा केसीले देशको अर्थतन्त्र धराशायी बन्दै गएकोमा अब बन्ने गठबन्धनको नयाँ सरकारले त्यसबारे गम्भीर भएर कदम चाल्नुपर्नेका थिए ।

हालै सम्पन्न निर्वाचनमा देउवा डडेल्धुराबाट र केसी नुवाकोट २ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077