Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लगातार दोस्रोपटक विश्वकपको फाइनलमा फ्रान्स, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमासाविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

फ्रान्सलाई जिताउने क्रममा खेलको पाँचौं मिनेटमा नै थियो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ७९ औं मिनेटमा फ्रान्सका लागि रन्डल कोलो मुआनीले मैदान छिरेको ४४ सेकेण्डमा नै गोल गरेका थिए।

अफ्रिकी टोली मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। फ्रान्स भने ६० वर्षपछि एउटै टोलीले लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने इतिहास बनाउने दाउमा छ।

फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077