Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिफा विश्वकप २०२२

    लगातार दोस्रोपटक विश्वकपको फाइनलमा फ्रान्स, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

    लगातार दोस्रोपटक विश्वकपको फाइनलमा फ्रान्स, उपाधिका लागि अर्जेन्टिनासँग भिड्ने

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 720
    SHARES

    काठमाडौं । कतारमा जारी फिफा विश्वकपमासाविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ ।

    आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।



    फ्रान्सलाई जिताउने क्रममा खेलको पाँचौं मिनेटमा नै थियो हर्नान्डेजले गोल गर्दै अग्रता दिलाएका थिए। खेलको ७९ औं मिनेटमा फ्रान्सका लागि रन्डल कोलो मुआनीले मैदान छिरेको ४४ सेकेण्डमा नै गोल गरेका थिए।



    अफ्रिकी टोली मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो। फ्रान्स भने ६० वर्षपछि एउटै टोलीले लगातार दोस्रोपटक विश्वकपको उपाधि जित्ने इतिहास बनाउने दाउमा छ।

    फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार