Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित

काठमाडौं । तराई-मधेसमा बाक्लो हुस्सु-कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएका छन् ।

भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले विशेषगरी तराई क्षेत्रका विमानस्थलमा अगामी केही दिन हुस्सु/कुहिरोले भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित निरन्तर हुनसक्ने उल्लेख गरे ।

यान्त्रिक उडान भर्ने (आइएफआर) जहाजका लागि समस्या नभए पनि आँखाले हेरेर उडान गर्ने (भिएफआर) जहाजलाई भिजिबलिटी अपुग भएपछि आन्तरिकतर्फका उडान बढी प्रभावित बनेका हुन्।

भिजिबिलिटी नपुग्दा बाटो पहिल्याएर आउने (एअरवे फलो) जहाजलाई समस्या हुने भएकाले आन्तरिकतर्फका धेरै उडान प्रभावित बनेको विमानस्थल कार्यालयले जनाएको छ।

बिहानैदेखि उडान प्रभावित हुँदा यात्रु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077