Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • करार नवीकरण नगरेको भन्दै वायुसेवा निगमका क्याबिन क्रु आन्दोलित, अन्तर्राष्ट्रिय उडान प्रभावित

    करार नवीकरण नगरेको भन्दै वायुसेवा निगमका क्याबिन क्रु आन्दोलित, अन्तर्राष्ट्रिय उडान प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 582
    SHARES

    काठमाडौं । नेपाल वायुसेवा निगमका दुई जना एयर होस्टेसको करार नवीकरण नभएको विषयलाई लिएर क्याबिन क्रु आन्दोलनमा उत्रिएका छन् ।

    एयर होस्टेसको तोकिएको योग्यता नपुगेको भन्दै करार नवीकरण गर्न व्यवस्थापनले नमानेपछि उनीहरु आन्दोलित भएका हुन् ।



    निगममा हरेक ५ वर्षमा क्याबिन क्रुको करार नवीकरण हुन्छ । उनीहरुको आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु प्रभावित बनेका छन् ।



    निगम मातहतका नेपाल वायुसेवा क्याविन क्रु संघले बिहीबार एक विज्ञप्ति निकाल्दै यसबारे जानकारी दिएको छ । निगम स्रोतका अनुसार बुधबार काठमाडौंबाट दोहा र दुबई उड्नु पर्ने जहाजहरु तीन घण्टा डिले गरी उडेका थिए ।

    बिहीबार काठमाडौंबाट साउदीको रियाद र भारतको नयाँ दिल्ली उड्नु पर्ने जहाजहरु समेत क्रुको आन्दोलनका कारण प्रभावित बनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार