Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानको सबैभन्दा ठूलो सम्मानबाट पूर्वसभामुखको हैसियतमा कांग्रेस नेता पौडेल सम्मानित

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले आज (बिहीबार) अपरान्ह सम्मानित गरेको छ ।

पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । जापान सरकारको तर्फबाट नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सम्मान गरेका हुन् ।

नेपाल–जापान सम्बन्ध प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै जापान सरकारले सन् २०२० को अप्रिलमा २९ मा नेता पौडेललाई ‘द ग्रान्ड कोर्डन अफ द अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित गर्ने घोषणा गरेको थियो ।

तर, कोभिड महामारीका कारण सम्मान कार्यक्रम स्थगित भएको थियो । नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई बिहीबार उनको निवासमा एक कार्यक्रमबीच सम्मान गर्यो ।

आधुनिक जापानको प्रगतिको जग मानिएका सम्राट मेइजी रेस्टोरेसनले सन १८६९ मा सुरु गरेको 'अर्डर अफ राइजिङ सन' जापानले विदेशी विशिष्ट व्यक्तिहरूलाई प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077