Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ‘क्याबिन क्रु’ को आन्दोलन स्थगित, नेपाल एयरलाइन्सको रोकिएका उडान खुल्यो

    ‘क्याबिन क्रु’ को आन्दोलन स्थगित, नेपाल एयरलाइन्सको रोकिएका उडान खुल्यो

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 702
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दुई दिनदेखि जारी क्याबिन क्रुको हड्ताल स्थगित भएको छ । सबै ‘क्याबिन क्रु’ को जागिरको सुरक्षा गर्न नेपाल वायुसेवा निगमले सम्झौता गरेपछि हड्ताल स्थगित भएको हो ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल क्याबिन क्रु संघसँग आगामी दिनमा सबैको करार मिति पुस १ गतेबाट सुरु हुने र सबैको करार अवधिमा एकरुपता रहने सम्झौतापछि आन्दोलन स्थगन भएको छ ।



    सबै क्याबिन क्रु को करार समयमा एकरुपता कायम गर्ने तथा क्याबिन क्रुको सम्बन्धित समस्याबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन अमृत थापाको नेतृत्वमा अध्ययन उपसमिति बनाइएको छ ।



    यससँगै बिहीबार बिहान ९ बजे उडान तालिका रहेको निगमको जहाज साँझ ६ बजे उडेको छ । निगमको मानव संशाधन विभागले १० जनाको मात्रै करार नवीकरण गरेर आरती महर्जन र पूजा साहानीको करार नवीकरण नगरी मंगलबार निष्काशनको पत्र दिएको थियो ।

    उनीहरूलाई निष्काशन गरेपछि क्याबिन क्रुले अत्यावश्यक सेवा सञ्चालन ऐनविपरीत हड्ताल गरेका थिए । जसकारण बुधबार र बिहीबार समयमै उडान हुन नसकेपछि यात्रुहरू अलपत्र परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार