Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतको बिहारमा विषाक्त रक्सी पिउँदा ३९ जनाको मृत्यु

एजेन्सी । भारतको बिहार राज्यमा विषालु रक्सी पिउँदा ३९ जनाको मृत्यु भएको छ भने ३० जना बिरामी परेका छन् ।

राज्यमा मदिरा उत्पादन, बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको भए पनि राज्य सरकारको अनुमति नलिई स्थानीय तहमा उत्पादन एवम् बिक्री गरिएको मदिरा पिएपछि उनीहरूको मृत्यु भएको हो ।

छपरा जिल्लाका डीएम राजेश मिणाका अनुसार रक्सी खाएकाहरूको आँखाको ज्योति गुमेको छ भने धेरैमा लगातार बान्ता हुने समस्या देखिएको छ ।

महिला समूहहरूले मदिरा उत्पादन तथा बिक्री(वितरणविरुद्ध अभियान चलाएपछि बिहार राज्यमा सन् २०१६ मा मदिराको बिक्री र उपभोगमा प्रतिबन्ध लगाइएको थियो।

प्रहरीका अनुसार अस्पताल भर्ना भएका २० मध्ये धेरैले आँखाको ज्योति गुमाएका छन् । गैरकानुनी रूपमा मदिरा बिक्री गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077