Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोर्चुगल विश्वकपबाट बाहिरिएपछि मुख्य प्रशिक्षक फर्नान्डो बर्खास्त

एजेन्सी । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका छन् ।

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग टिम पराजित भएपछि पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो ।

विश्वकपको नकआउट र क्वाटरफाइनलमा खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो ।

स्विट्जरल्याण्ड र मोरक्कोसँगको खेलमा रोनाल्डो दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

पहिलोपटक क्वार्टरफाइनल पुगेको ​मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना थप बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077