Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् अहिलेसम्म विश्वकपमा ‘गोल्डेन बुट’ जित्ने खेलाडी

एजेन्सी । फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई 'गोल्डेन बुट' अवार्ड प्रदान गरिन्छ । फुटबल विश्वकप सन् १९३० बाट सुरु भएपनि गोल्डेन बुट अवार्ड भने १९८२ बाट प्रदान गरिन थालिएको हो ।

यद्यपि २०१० सम्म भने यो अवार्डको नाम ‘गोल्डेन सुज’ थियो । सन् १९३० को पहिलो संस्करणको विश्वकपमा अर्जेन्टिनाका गुइलेर्मो स्टेबिल, १९३४ मा चेकोस्लोभाकियाका ओल्डरिच नेजेडली, १९३८ मा ब्राजिलका लियोनिडास, १९५० मा ब्राजिलकै एडिमिर, १९५४ मा हंगेरीका स्यान्ड्रो कोक्सिस, १९५८ मा फ्रान्सका जस्ट फन्टेन सर्वाधिक गोलकर्ता रहेका थिए ।

यस्तै, १९६२ को विश्वकपमा हंगेरिका फ्लोरियन अल्बर्ट, सोभियत संघका भ्यालेन्टिन इवानोभ, ब्राजिलका गारिन्चा र भाभा, युगोस्लाभियाका डर्जन डेर्कोभिच र चिलीका लियोनेल सान्चेज संयुक्तरूपमा सर्वाधिक गोलकर्ता बने । १९६६ मा पोर्चुगलका युसेबियो, १९७० मा जर्मनीक गर्ड मुलर, १९७४ मा पोल्याण्डका र्जेगोर्ज लाटो र १९७८ मा अर्जेन्टिनाका मारियो केम्पेसले सर्वाधिक गोल गरेका थिए ।

विश्वकप फुटबल इतिहासमा आधिकारिक रूपमा पहिलो गोल्डेन बुट (पहिले गोल्डेन सुज) प्राप्त गर्ने खेलाडी इटालीका पाउलो रोसी हुन् । उनले सन् १९८२ को विश्वपकपमा सो अवार्ड प्राप्त गरेका थिए । स्पेनमा भएको उक्त विश्वकपमा इटालीलाई विजेता बनाउन उनको भूमिका अहम् थियो ।

अहिलेसम्म गोल्डेन बुट जित्ने खेलाडी

१९८२ पाओलो रोसी (इटली)– ६ गोल

१९८६ ग्यारी लिनेकर (इंग्ल्याण्ड)– ६ गोल

१९८९० साल्भाडोर सिलाची (इटली)– ६ गोल

१९९४ ओलेग सालेन्को (रुस)– ६ गोल

१९९८ डेभोर सुकर (क्रोएसिया) र ह्रिस्टो स्टोइचकोभ (बुल्गेरिया)– ६ गोल

२००२ रोनाल्डो (ब्राजिल)– ८ गोल

२००६ मिरोस्लाभ क्लोज (जर्मनी)– ५ गोल

२०१० थोमस मुलर (जर्मनी)– ५ गोल

२०१४ जेम्स रोड्रिगेज (कोलोम्बिया)– ६ गोल

२०१८ ह्यारी केन (इंग्ल्याण्ड)– ६ गोल

कतारमा जारी २२ औं संस्करणको विश्वकपमा गोल्डेन बुट र बल जित्ने होडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी सबैभन्दा अगाडि छन् । फाइनल खेल्नुअघि उनले ६ म्याच खेल्दा ५ गोल गरेका छन् । उनले तीन खेलमा असिस्ट गरेका छन् ।

त्यस्तै, दोस्रो स्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पे छन् । उनले ६ खेलमा ५ गोल र दुई असिस्ट गरेका छन् । अब गोल्डेन बुट र बल जित्ने खेलाडीको टुंगो आइतबार हुने फाइनलले लगाउने देखिन्छ । हालसम्म मेस्सी र एमबाप्पेले गोल्डेन बुड हात पार्न सकेका छैनन् । मेस्सीले यसअघि गोल्डेन बल अवार्ड भने जितिसकेका छन् । उनले २०१४ को विश्वकपमा गोल्डेन बल प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077