Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

वृद्धा महिलालाई ललाई फकाई २७ लाखको सुन चोरी, एक जना पक्राउ

कास्की । वृद्धा महिलालाई ललाई फकाई २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

पर्वत मोदी गाउँपालिका-६ घर भई कास्की पोखरा महानगरपालिका-४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

‌पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी वृद्धा महिलालाई ललाई फकाई गरी भुलाई घाँटी तथा कानमा लगाएका र घर कोठामा राखेका विभिन्न गहना र नगद रुपैयाँहरू चोरी गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका सामानमध्ये तिलहरी १ थान, औंठी १ थान, फूली १ थान, सिक्री, वाला, औँठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडासहित पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077