Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२७ लाख बराबरको सुनका गहना चोरी आरोपमा महिला पक्राउ

कास्की । ठूलो परिमाणमा सुनको गहना चोरी गरेको आरोपमा पोखरा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

ललाइफकाइ गरेर विभिन्न ९ जनाबाट २७ लाख २ हजार ५८ रुपैयाँ बराबरको सुनका गहना चोरी गरेको आरोपमा पर्वतको मोदी घर भएका टीका श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोलबाट पक्राउ परेकी हुन् ।

पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथा घरमा राखिएका सुन उनले चोरी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चोरी आरोपित श्रेष्ठका साथबाट सुनका पोतेसहित तिलहरी, औठी, फुलीलगायत सुनका गरगहनासमेत बरामद गरिएको छ ।

चोरी तथा डाँका मुद्दामा श्रेष्ठमाथि अनुसन्धान गर्न ५ दिन अदालतबाट म्यादसमेत लिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077