Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • फिफा अध्यक्ष इन्फान्टिनियोको दाबी – कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट

    फिफा अध्यक्ष इन्फान्टिनियोको दाबी – कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 570
    SHARES

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ फिफाका अध्यक्ष जियानी इन्फान्टिनियोले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट विश्व कप भएको दाबी गरेका छन् ।

    फिफा काउन्सिलको बैठकपछि अध्यक्ष इन्फान्टिनियोले दर्शकको उपस्थिति, टिमको व्यवस्थापन र अन्य हिसाबले यो विश्व कप निकै उत्कृष्ट रहेको बताएका हुन् । उनले अहिलेसम्मकै उत्कृष्ट विश्व कप आयोजना गरेकोमा कतार सरकारलाई धन्यवाद पनि दिएका छन् ।



    कतार जस्तो धार्मिक रुपमा अडिग देशमा समर्थकले खेलको मज्जा लिन पाएको, महिला रेफ्रीले खेल खेलाएको र लाखौँ विदेशीले कतार बसाइका क्रममा खुसी मनाएको लगायतका कारण विश्व कप अविस्मरणीय भएको उनको भनाइ छ ।



    यो विश्वकपले फुटबललाई अझै विश्वव्यापी बनाउन ठूलो भूमिका खेलेको अध्यक्ष इन्फान्टिनियोले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार