Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आप्रवासी कामदारलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालबाट फिफा अध्यक्षलाई पत्र

काठमाडौं । नेपालमा कार्यरत विभिन्न मानव अधिकारवादी संस्थाले आप्रवासी कामदारलाई क्षतिपूर्ति उपलब्ध गराउन फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसमक्ष माग गरेका छन् ।

अध्यक्ष इन्फान्टिनोलाई बिहीबार लेखेको एक खुला पत्रमार्फत एम्नेस्टी इन्टरनेसनल नेपाललगायत तीन दर्जन संस्थाले कतारमा जारी विश्वकप फुटबल तयारीका क्रममा दुर्व्यवहार भोगेका र मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति माग गरेका हुन् ।

एम्नेस्टी इन्टरनेसनलको सन् २०२१ को प्रतिवेदनमा विश्वकप फुटबल तयारीका क्रममा हजारौँ आप्रवासी कामदारको शोषण गरिएको पत्रमा उल्लेख छ

कतारले श्रम व्यवस्थामा सुधार गरेको दाबी गर्दै सो आरोप अस्वीकार गरेको छ । कतारमा रहेका कुल २९ लाख कामदारमध्ये आप्रवासी कामदारको हिस्सा अत्यधिक छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077