Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

घाटा खाँदै, चिनियाँ जहाज बेच्दै वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले चीनबाट ऋणमा खरिद गरिएका जहाज बेच्ने प्रक्रिया सुरु गरेको छ । दुई वर्षदेखि चिनियाँ जहाज नउडाएर विमानस्थलमा थन्क्याइएका थिए। आठ वर्षअघि ऋणमा खरिद गरिएका चिनियाँ जहाज ‘खरिद जतिकै घाटा व्यहोरे’ पछि बिक्री गर्न परामर्शदाता छनोटको प्रक्रिया अघि बढाइएको छ।

आन्तरिक उडानमा ‘आक्रामक’ बन्ने भन्दै निगमले २०७१ मा ६ वटा चिनियाँ जहाज भित्र्याएको थियो। तीमध्ये एउटा एमआई ६० र एउटा (वाई १२ ई) जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जीटूजी –मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणालीअन्तर्गत) चीनको एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल सरकारले खरिद गरेको थियो।

जहाज किनेदेखि नै ‘अनेक बहाना’ बनाएर ‘कहिले उडाउने र कहिले थन्क्याउने’ गरिएको थियो। पछिल्लो दुई वर्षदेखि भने ६ वटै जहाज अन्तर्राष्ट्रिय विमानस्थलमा थन्क्याएर राखिएका थिए। ‘व्यावसायिक रूपमा नाफाजनक’ नहुने भन्दै निगम व्यवस्थापनले २०७७ साउनबाट ती जहाज उडाउन छोडेको थियो।

पछिल्लोपटक निगम व्यवस्थापनले ती जहाज बेच्ने निर्णय गर्दै मूल्य निर्धारणका लागि परामर्शदाता छनोटको सूचना २० मंसिरमा निकालेको थियो। जहाज बिक्री गर्ने उद्देश्यकै लागि पहिलो चरणमा परामर्शदाता छनोट गर्न लागिएको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077