Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सांसद सोविता गौतमको अभिव्यक्ति विवादमा, बलात्कारलाई सामान्य भनेको भन्दै आलोचना

काठमाडौं । मानवअधिकार आयोगकी पूर्व सदस्य तथा अधिवक्ता मोहना अन्सारीले नवनिर्वाचित सांसद सोविता गौतमले दिएको पछिल्लो अभिव्यक्तिको विरोध गरेकी छिन् ।

शनिबार ट्वीटरमार्फत अधिवक्ता मोहना अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र २ बाट निर्वाचित सांसद गौतमले दिएको अभिव्यक्तिको विरोध गरेकी हुन् । सांसद गौतमले एक सञ्चार माध्यममा दिएको अन्तरवार्तामा बलात्कार घटनालाई सामान्य भनेकी थिइन् ।

बलात्कार हुँदा महिला पुनस्र्थापना हुन सक्ने तर दुईटै खुट्टा नै काटिदिएमा जीवन समाप्त हुनेभन्दै उनले तुलना गरेर अभिव्यक्ति दिएकी थिइन् । उनको सो अभिव्यक्तिको विरोध गर्दै मानवअधिकारकर्मी अन्सारीले त्यस्तो सोच राख्ने सांसदबाट केही आश गर्न नसकिने टिप्पणी गरेकी छिन् ।

“बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ । बलात्कृतको शरीर सध्य हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सांसद केही दिनमा संसद प्रवेश गर्दैछिन् । सोच्नुस कस्तो भविष्य हुनेछ बालिकाको ? न्यायको माँग गर्नु डलर ल्याउनु रहेछ । उहाँको सोच यस्तो छ भने के आशा गर्ने ? उनले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेकी छिन् ।

सांसद गौतमले बलात्कारबारे बोलेको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले त्यस भिडिओमा बलात्कारबारे बोलेको कुराप्रति महिला अभियन्ता एवं अधिकारकर्मीहरूले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077