Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।

जलेश्वर नगरपालिका ३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले नक्कली नोट भएको थाहा पाएपछि विहारको ग्राम पञ्चायत वस्ने कुमारलाई नियन्त्रणमा लिएका थिए ।

भिठ्ठामोड प्रहरी चौकीवाट खटिएको प्रहरीले निजलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077