Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महानगर मिलेर उपत्यकामा मेट्रो रेलको काम थालौं : चिरिबाबु महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेलको विकल्प नरहेको बताएका छन् ।

शनिवार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा बोल्दै उनँले काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प नरहेको बताएका हुन् ।

अब पनि मोटरसाइकलको बिक्री बढाएर उपत्यकामा ट्राफिक जाम बढाउनु भन्दा मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी थाल्नुपर्ने उनको भनाइ छ ।

महर्जनले भने, ‘काठमाडौं उपत्यकामा अब मेट्रो ९रेल० को विकल्प छँदै छैन । आज निर्णय गर्नसक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ ।

मेट्रो ज्यादै महंगो छ रे भन्ने सुन्ने गरेको छु । सस्तो के छ त रु अबको १५ वर्षपछि काठमाडौं उपत्यका भित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ?’

मेट्रो रेलको विकल्प मोेटरसाइकल किमार्थ हुन नसक्ने दाबी गर्दै उनले महंगो भयो भनेर मेट्रोको योजना नबनाउनु उचित नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077