Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रामेछापमा गाडी दुर्घटना हुँदा ९ घाइते, तीन जनाको हेलिकप्टरमार्फत उद्दार

रामेछाप । रामेछापमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

जिल्लाको लिखु तामाकोसी गाउँपालिका १ दुरागाउँबाट उमाकुण्ड ७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नम्बरको उक्त बलेरो एकराते पहरा फास्तुमा दुर्घटनामा परेको हो ।

घाइतेहरूमध्ये ३ जनाको अवस्था जटिल छ । कच्ची सडकमा अनियन्त्रित भई करिब ५० मिटर तल उक्त जिप खसेको बताइएको छ । बोलेरोमा यात्रा गर्ने सबै ११ यात्रु नै घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते हुनेमध्ये लिखु तामाकोसी १ का वडा सदस्य विमल सुनुवार, दुरागाउँकै विमला सुनुवार र राजकुमार थापालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ ।

४ जना घाइतेहरूलाई गाडी मार्फत् काठमाडौंतर्फ पठाइएको र अन्य ४ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077