Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • बैतडीमा शिक्षक मृत भेटिए

    बैतडीमा शिक्षक मृत भेटिए

    अनलाइन नेपाल
  • शनिबार, २ पुष २०७९
  • 1.1K
    SHARES

    बैतडी । बैतडीमा एक जना शिक्षक मृत अवस्थामा फेला परेका छन् ।

    जिल्लाको पाटन नगरपालिका –६, बजार नजिकै रहेको श्रीकृष्ण माविको छात्रबास पछाडि ५५ वर्षीय धनबहादुर बिष्ट मृत फेला परेका हुन् ।



    उनी श्रीकृष्ण मावि पाटन र पाटन बहुमुखी क्याम्पसमा शिक्षण गर्दै आएका थिए ।

    बैतडीको सुर्नया गाउँपालिका –२, घरभई लामो समयदेखि पाटनमा शिक्षण गर्दै आएका बिष्ट श्रीकृष्ण माविको छात्रवास पछाडिको भिरालो ठाउँमा शनिबार दिउँसो मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

    बिष्टको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार