Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको छ : पूर्वराष्ट्रपति यादव

एजेन्सी । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

पूर्वराष्ट्रपति यादवले सञ्चारमाध्यमलाई लेख्न स्वतन्त्रता हुनुपर्ने बताए । उनले पछिल्लो समय नेपालमा लेख्ने स्वतन्त्रतामाथि विभिन्न कानून बनाएर संकुचन गर्न खोजिरहेको आरोप लगाए ।

उनले सरकारले गलत काम गरेको खण्डमा त्यसकाविरुद्ध लडेर भए पनि अधिकार प्राप्त गर्नुपर्ने बताए । उनले आगामी बन्ने नयाँ सरकारले ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर काम गर्न सुझाव दिए ।

पूर्वराष्ट्रपति यादवले म्यानमारमा लोकतन्त्रको पक्षको आन्दोलनमा नेपालले कुनैपनि समर्थन नगरेको भन्दै आपत्ति जनाए । उनले नेपालले बर्मामा रहेका नेपालीहरुको स्वतन्त्रताका लागि सरकार र राजनीतिक दलहरुले आवाज उठाउन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077