Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फुटबल : पहिलो हाफमा क्रोएसिया मोरक्कोविरूद्ध २–१ ले अगाडि

काठमाडौं । कतार विश्वकपको तेस्रो स्थानका लागि अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भइरहेको छ ।

अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा खेलको पहिलो हाफ सकिदा क्रोएशियाले मोरक्कोविरुद्ध २–१ ले अग्रता बनाएको छ ।

खेलको ४२ औँ मिनेटमा मिस्लभ ओरसिकले गोल गर्दै क्रोएशियालाई २–१ को अग्रता दिलाएका हुन् ।

खेलको ७ औँ मिनेटमा जोस्को जिचार्डियोलले गोल गर्दै क्रोएशियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर मोरक्कोका लागि खेलको नवौँ मिनेटमा अच्राफ दारीले गोल गर्दै टोलीलाई १–१ को बराबरीमा ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077