Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मोरक्कोलाई पराजित गर्दै तेस्रो बन्यो क्रोएसिया

काठमाडौं । मोरक्कोलाई पराजित गर्दै साविक उपविजेता क्रोएशियाले विश्वकपमा कास्य पदक हात पारेको छ ।

अल–रायानस्थित खालिफा अन्तराष्ट्रिय स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो । क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो भने मोरक्को साविक विजेता फ्रान्ससँग स्तब्ध बनेको थियो ।

जोस्को भार्डियोलले सातौं मिनेटमा गरेको गोलसँगै साविक उपविजेता क्रोएसियाले अग्रता लिएको थियो। त्यसको दुई मिनेट नबित्दै असरफ दारी गोल गर्दै अफ्रिकी मुलुक मोरक्कोलाई बराबरीमा ल्याएका थिए।

यद्यपि, पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाएका थिए। निर्धारित ९० मिनेटमा सोही अग्रताको बचाउ गर्दै क्रोएसिया तेस्रो स्थान हासिल गर्न सफल भयो ।

चार वर्षअघि रुसमा भएको विश्वकपको फाइनलमा पुगेको क्रोएसिया फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो । मोरक्को भने विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077