Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, संसदीय दलको चुनावबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

आज अपरान्ह ३ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरू र शीर्ष नेताहरू छन्। कांग्रेसमा केन्द्रीय समिति नबसेको बेला केन्द्रीय समितिले गर्न सक्ने काम कार्यसम्पादन समितिले गर्ने गर्छ। कार्यसम्पादन समितिका निर्णय पछि बस्ने केन्द्रीय समितिबाट अनुमोदन हुने हुनुपर्दछ।

कांग्रेसले प्रतिनिधि सभामा ८९ सिट जितेको छ। कांग्रेसमा अब संसदीय दलको नेता छान्न चुनाव गर्ने कि सहमतिबाट गर्ने भन्ने छलफल हुन्छ। पार्टीका धेरै सांसद संसदीय दलको नेताका लागि इच्छुक भएकोले चुनाव हुन सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077