Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : हिमाली क्षेत्रमा हिमपात, तराईमा हुस्सु÷कुहिरो

काठमाडौं । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा पर्दा हिमपात र वर्षा सुरु भएको छ । जलवास्पयुक्त हावाका कारण हिमपात र वर्षा हुन सुरु भएको हो ।

यतिबेला देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही तराई क्षेत्रमा हुस्सु÷कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

केही भू–भागका वर्षा र हिमपातसँगै तराईमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको महाशाखाले जनाएको छ । तापक्रम घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077