Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकामा दुई किशोरको गोली हानी हत्या, तीन नाबालिग घाइते

एजेन्सी । अमेरिकाको एट्लान्टामा भएको गोलाबारीमा दुई किशोरको गोली हानी हत्या गरिएको छ भने तीन नाबालिग घाइते भएका छन् ।

सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको हो । एटलान्टा प्रहरीका अनुसार बेलुका ५ बजेपछि सहरको दक्षिण पश्चिममा रहेको कम्प्लेक्समा गोलाबारी थियो ।

गोली लागेका पाँच जना भेटिएको र दुई जना घटनास्थलमै मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतकमा १४ र १६ वर्षका किशोर रहेका छन् । ११ र १५ वर्षका किशोर र १५ वर्षकी किशोरी घाइते छिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077