Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतवार बस्ने बैठकले समिति गठन गर्न लागेको हो ।

बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउने लगायत कार्यसूची रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिक लगायत विषयमा समेत छलफल हुनेछ ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सीट जितेर संघीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

सबैभन्दा ठूलो दलको हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा ५ दलीय सत्तागठबन्धनको नयाँ सरकार गठनका लागि कसरत गरिरहेको छ ।

कांग्रेसमा संसदीय दलको नेताको निर्वाचनको तयारीको पनि शुरू भएको छ । निर्वाचन आयोगले बुधवार निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरी बिहीवार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077