Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वकप फाइनल हेर्न फ्रान्सेली राष्ट्रपति म्याक्रों कतारमा

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों फिफा विश्वकप २०२२ को फाइनल खेल हेर्नका लागि कतारमा जाने भएका छन् ।

खेलाडी र शुभचिन्तकलाई साथ दिन फ्रान्सेली राष्ट्रपति म्याक्रोँ आइतबार कतार जान लागेका हुन् ।

फ्रान्सले उपाधिका लागि आज अर्जेन्टिनाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल राति ८ः४५ देखि लुसेल स्टेडियमा सुरु हुनेछ ।

उनले भने, 'लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मजा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु ।'

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताएका छन् ।

कतारको खलिफा रङ्गशालामा शनिबार भएको तेस्रो स्थानका लागि भएको प्लेअफमा मोरक्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै क्रोएसियाले विश्वकप फाइनल खेलमा तेस्रो स्थान जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077