Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति चयन गर्नेलगायतका एजेण्डा बैठकको रहेको छ ।

उपसभापति धनराज गुरुङका अनुसार पार्टी कार्यालयमा सुरु भएको बैठकले निर्वाचन समिति गठन गरेर चुनावको मिति तोक्ने छ ।

कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

संस्थापक पक्षबाट देउवा र इतर पक्षबाट कोईराला र थापा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । कांग्रेसका ८९ जना सांसदले संसदीय दलको नेता चयन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077