Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एक पटक मन्त्रीको अनुभव समेट्न चाहन्छु : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले एक पटक मन्त्री भएर काम गर्न चाहेको बताएका छ्न् ।

पार्टीको संसदीय दलको नेतामा आकांक्षा देखाएका कोइरालाले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि यस्तो बताएका हुन् ।

उनले भने, 'संसदीय दलमा ३/४ जना आकांक्षी हुनुहुन्छ । मेरो पनि चाहना हो । तर यसपटक म उम्मेदवार छैन । मैले पहिले संसदीय दलको नेतामै दाबी गरेको हुँ ।

तर परिस्थिति हेरेर पछि हट्ने निर्णयमा पुगेको छु । म अहिलेसम्म एक पटक पनि मन्त्री भएको छैन । म एक पटक मन्त्रीको अनुभव समेट्न चाहन्छु ।'

उनले संसदीय दलको नेतामा धेरै जनाको दाबी भएपछि आफू त्यसको दौडबाट पछि हटेको बताए ।

उनले संसदीय दलमा दाजु शेखर कोइराला र सभापति शेरबहादुर देउवा दुवै उम्मेदवार भए आफूलाई असहज हुने, तर दाजु उम्मेदवार नभए देउवालाई समर्थन रहने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077