Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कैलालीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

धनगढी । कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीमाथि आइतबार बेलुका गोली प्रहार भएको छ ।

अत्तरियास्थित घोडोघाडी सुन चाँदी पसलका सञ्चालक २८ वर्षीय विकास सुनुवारमाथि गोली प्रहार भएको हो ।

घोडोघोडी नगरपालिका १ घर भएका सुनुवार अत्तरिया चोकबाट पश्चिमबाट पूर्वतर्फ मोटरसाइकलमा जाने क्रममा विपरीत दिशातर्फ मोटरसाइकलमा सवार व्यक्तिबाट गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दायाँ पाखुरामा गोली लागि घाइते भएका सुनुवारको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077