Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलो हाफमा फ्रान्सविरुद्ध अर्जेन्टिना २ गोलले अगाडि

काठमाडौं । फिफा विश्वकपको फाइनल खेलको पहिलो हाफमा साविक विजेता फ्रान्सविरुद्ध अर्जेन्टिनाले अग्रता बनाएको छ ।

लुसैल स्टेडियममा खेलको पहिलो हाफ सकिदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० ले अग्रता लिएको हो । कप्तान लियोनेल मेसीको गोलमा अग्रता लिएको थियो ।

मेसीले पेनाल्टीमार्फत २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । एन्जल डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पार्यो ।

अलेक्सिस म्याक अलिस्टरले दिएको पासलाई डी मारियाले उत्कृष्ट फिनिसिङ गर्दै अग्रता दोब्बर पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077