Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी, खेल अतिरिक्त समयतर्फ

काठमाडौं । फिफा विश्वकप २०२२ को फाइनल खेलको निर्धारित ९० मिनेटको समय २–२ को बराबरीमा सकिएको छ।

खेलको पहिलो हाफमा २–० गोलले पछि परेको फ्रान्सले दोस्रो हाफमा २ गोल थपेको हो । पहिलो हाफमा लियोनेल मेसी र एन्जल डी मारियाले गरेको गोलसँगै अर्जेन्टिनाले २–० को अग्रता लिएको थियो ।

ओसुमाने डेम्बेलेले डी मारियालाई गरेको फाउलसँगै पाएको पेनाल्टीमा मेसीले २३औं मिनेटमा पहिलो गोल गरेका थिए। डी मारियाले ३६औं मिनेटमा गरेको गोलसँगै अर्जेन्टिनाले अग्रता दोब्बर पारेको थियो।

दोस्रो हाफमा फ्रान्सले नाटकीय बराबरी गर्यो। अर्जेन्टाइन निकोलस ओटामेन्डीले रान्डाल कोलो मुआनीलाई फाउल गरेपछि पाएको पेनाल्टीमा एम्बाप्पेले पहिलो गोल फर्काएका थिए। त्यसको एक मिनेट नबित्दै मार्कस थुरामको पासमा एम्बाप्पेले शानदार फिनिसिङ गर्दै खेल नाटकीय बराबरीमा ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077