Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उत्कृष्ट खेलाडी बन्दै मेसीले जिते गोल्डेन बल अवार्ड

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी कतारमा सम्पन्न फिफा विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

मेसीकै प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि उचाल्न सफल भएको थियो ।

मेसीले विश्वकपमा गोल्डेन बल अवार्ड जितेको यो दोस्रोपटक हो । उनले यसअघि २०१४ को विश्वकपमा पनि गोल्डेन बल अवार्ड जित्न सफल भएका थिए । त्यतिबेला अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो ।

विश्वकपमा दुईपटक गोल्डेन बल अवार्ड जित्ने मेसी पहिलो खेलाडी हुन् । अर्जेन्टिनाले आइतबार राति पेनाल्टी सुटआउट ४–२ ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077