Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा गहना लुटपाट गर्ने १० जना जेल चलान

काठमाडौं । नेपाल प्रहरीले गरगहना लुटपाट गर्ने गिरोह पक्राउ गरी जेल चलान गरेको छ । गत कात्तिक २८ गते काठमाडौँको वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा लुटपाट गर्ने गिरोहलाई पक्राउ गरी आइतबार जेल चलान गरेको हो ।

जेल चलान हुनेमा जुम्लाका २० वर्षीय विशाल शाही, कालीकोटका २६ वर्षीय तिलकबहादुर शाही, २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गङ्गबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही, २७ वर्षीय पञ्चबहादुर सिंह, सुर्खेतका २१ वर्षीय दीपिका मल्ल शाही, १९ वर्षीय कविता बुढा र रामेछापका २४ वर्षीय सुवर्ण मगर छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले मधुरविक्रम खनालकी श्रीमती नन्दा मल्ल र कामदारलाई धारिलो हतियार खुकुरी, हतौडा र रड प्रयोग गरी लुटपाट गरेको अभियोगमा पक्राउ परेका १० जनालाई केन्द्रीय कारागार चलान गरिएको जानकारी दिए।

जेल चलान भएका उनीहरूले ३८.५ तोलाको सुनको गिलास, एक थान सुनको तिलहरी, दुई थान सुनको नौगेडी, तीन थान हिराको हार, हतौडा र चक्कु एक/एक थान र नगद रु दुई लाख १३ हजार पाँच सय लुटपाट गरेका थिए। घटनामा संलग्न उनीहरूलाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार आज पुर्पक्षका लागि जेल चलान गरिएको प्रवक्ता मैनालीले बताए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077