Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अर्जेन्टिनाका गोलरक्षक मार्टिनेजले जिते गोल्डेन ग्लोभ

काठमाडौं । अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले फिफा विश्वकप २०२२ मा गोल्डेन ग्लोभ अवार्ड जितेका छन् ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्व कप सहभागितामै जित्न सफल भएका हुन् ।

अर्जेन्टिनालाई विश्व कप उपाधि दिलाउन उनले निर्णायक भूमिका खेले ।

उनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स र फाइनलमा फ्रान्ससँग टाइब्रेकरमा महत्त्वपूर्ण बचाउ गरे ।

मार्टिनेजले यसअघि गएको वर्ष अर्जेन्टिनाले कोपा अमेरिका जित्दा पनि उत्कृष्ट गोलरक्षकको उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077